कांग्रेसका शीर्ष नेताहरुबाट नै मन्त्रिपरिषदलाई पुर्णता दिन दवाव | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

कांग्रेसका शीर्ष नेताहरुबाट नै मन्त्रिपरिषदलाई पुर्णता दिन दवाव

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिन सुरु गरेका छन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रीपरिषदलाई पूर्णता दिन पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई दवाव दिएका छन् ।

उपसभापति निधिको नयाँ बानेश्वरस्थित निवासमा सोमबार बसेको तीन नेताहरुको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्न कारण देखाएर मन्त्रिपरिषदलाई पूर्णता दिने काममा ढिलाई नगर्न सचेत गराएको हो ।

नेपाली कांग्रेसको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धि विवाद टुंगो नलागेको विषयमा नेतृत्वको ध्यानाकर्षण गराइएको उपसभापति निधिले बताए ।

उपसभापति निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।यता महामन्त्री कोइराला र नेता सिंहले पनि सभापति बन्ने आकांक्षा राखिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);