निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियाको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, ११ चैत । संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको सोमबार बसेको बैठकले रिक्त रहेको निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई नियुक्त गर्ने सिफारिस गरेको हो ।

गत आईतबार मात्रै प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले अवकाश पाएका थिए । सोही पदमा थपलियालाई नियुक्त गर्ने सिफारिस गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

त्यसैगरी परिषद बैठकले समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई नियुक्त गर्ने सिफारिस पनि गरेको छ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले भने पार्टी संसदीय दलको बैठकका कारण उपस्थित हुन नसकेको लिखित जानकारी परिषदलाई गराएका थिए ।

परिषदका पदेन सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्ष दलका नेता देउवाले उपस्थित हुन नसक्ने जानकारी परिषद बैठकलाई लिखित रुपमै गराएको बताए । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियालाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);