प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं, ४ बैशाख । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियाको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका थपलियालाई सर्वसम्मत रूपमा प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन गरेको हो।

 थपलियाविरुद्ध समितिमा ६ वटा उजुरी परेको थियो । अब राष्ट्रपतिले सपथ खुवाएपछि उनले पदभार ग्रहण गर्नेछन् ।  प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन भएका थपलियाले सबै निर्वाचनमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने महत्वकांक्षी योजना अघि सारेका छन् । थपलियाले बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो सुनुवाईको क्रममा सबै निर्वाचनमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने महत्वकांक्षी योजना अघि सारेका हुन् ।

उनले समिति समक्ष निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याउँदै त्यसका लागि सबै स्थानीय तहमा मतदाता नामावली संकलन र अध्यावधिक हुने गरी ‘निर्वाचन समन्वय ईकाई’ स्थापना गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

आफू प्रमुख निर्वाचन आयुक्तमा अनुमोदित भए स्थानीय तहले पनि निर्वाचनको अपनत्व पाउने गरी सबै स्थानीय तहमा निर्वाचन समन्वय इकाई स्थापना गर्ने थपलियाले बताएका थिए । थपलियाले प्रदेशमा पनि निर्वाचन कार्यालय स्थापना गर्नुपर्ने आवश्यक्ता औल्याए ।

थपलियाले निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्न मतदाता नामावली संकलन र अध्यावधिक गर्न अनलाईन प्रणालीको विकास गर्ने पनि समिति समक्ष प्रतिवद्धता व्यक्त गरे । निर्वाचन प्रणालीको आमूल परिवर्तन गरेर मात्रै निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन सकिने उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);