सरकारविरुद्ध २२ कम्युनिष्ट पार्टी सडकमा उत्रने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सरकारविरुद्ध २२ कम्युनिष्ट पार्टी सडकमा उत्रने

काठमाडौं, २५ मंसिर । सरकारविरुद्ध २२ कम्युनिष्ट पार्टी सडकमा उत्रने भएका छन् । राष्ट्रियता, जनजीविका लगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरुद्ध सडकमा उत्रने तयारी भएको हो ।

पछिल्लो समय देखा परेका प्रतिगमनको खतरा समेतको विरोधमा आगामी पौष ३ गते दिनको १ बजे माइतीघर मण्डलामा जम्मा भई जुलुस प्रदर्शनका साथ नयाँ बानेश्वरमा २ बजे कोण सभाको आयोजना गर्ने उनीहरुले विज्ञप्ति मार्फत जनाएका छन् ।

२२ पार्टीहरुको तर्फबाट नेता सीपी गजुरेलले विज्ञप्ति जारी गर्दै विरोधमा उत्रने जनाएको छ । यसरी सडकमा उत्रनेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल छन् ।

त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल), ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल प्रदर्शनमा सहभागी हुने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);