सरकारविरूद्ध नेविसंघले सिठ्ठी फुक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकारविरूद्ध नेविसंघले सिठ्ठी फुक्ने

nebisang

काठमाडौं, २५ मंसिर । नेविसंघले सरकारविरूद्ध सिठ्ठी फुक्ने भएको छ । ७७ जिल्लामै मंसिर २८ गते दिउँसो ४ बजे सिठ्ठी फुकिने नेविसंघले जनाएको छ । नेविसंघ केन्द्रीय समितिले मंसिर २९ गते देशैभर कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुनसमेत निर्देशन दिएको छ ।

पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दमौलीमा भएको घटनालगायत विषयको विरोधमा उक्त कार्यक्रम गर्न लागेको नेविसंघको भनाई छ । नेविसंघले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संसदको बैठक तुरून्त बोलाई सबै समस्याका निकासबारे गम्भीर छलफल हुनुपर्ने पनि बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);