मूल्यबृद्धिको विरोधमा नेविसंघको सिठ्ठी जुलुस | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मूल्यबृद्धिको विरोधमा नेविसंघको सिठ्ठी जुलुस

sitti_julus

काठमाडौं, २७ जेठ । पेट्रोलियम पदार्थ लगायत खाद्य वस्तुमा भएको मूल्यबृद्धिको विरोधमा नेविसंघले सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । मूल्यबृद्धिको विरुद्धमा चरणबद्ध आन्दोलन गरिरहेको नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले आइतबार काठमाडौंमा सिठ्ठी जुलुस निकालेको हो ।

उनीहरूले मूल्य बृद्धि फिर्ता गर्नुपर्ने, लोककल्याणकारी राज्य व्यवस्था कायम गर्नुपर्ने लगायतका माग गरेका छन् । सरकारले मूल्यवृद्धि फिर्ता नलिए सिंहदरबार र बालुवाटार घेराउ गरेर नेताहरुलाई भित्रै थुन्ने चेतावनी दिएका छन् । मूल्य बृद्धि फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने नेविसंघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);