पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा नेविसंघले गरेको प्रदर्शनमा नेपाली कांग्रेस आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा नेविसंघले गरेको प्रदर्शनमा नेपाली कांग्रेस आपत्ति

petrol

काठमाडौं, २७ जेठ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा नेविसंघले गरेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस आपत्ति जनाएको छ ।

शनिबार साँझ काठमाडौंमा भएको प्रदर्शनका क्रममा घाइते भएका विद्यार्थीहरुलाई भेट्न आइतबार बागबजारस्थित मोडल अस्पताल पुगेका कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकार निरकुंश बन्दै गएको आरोप लगाए । मूल्य बृद्धिको विरोधमा विद्यार्थीले गरेको आन्दोलनमा दमन गर्नु निन्दनीय भएको उनको भनाइ छ ।

प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा टीका भण्डारी र सञ्जिव ढकाल घाइते भएका छन् । मूल्यबृद्धिको विरोधमा नेविसंघले शनिबार साँझ ७७ वटै जिल्लामा राँके जुलुस प्रदर्शन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);