पूर्वराजदूत लामाको निधनप्रति पूर्व सांसद मञ्चद्वारा दु:ख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पूर्वराजदूत लामाको निधनप्रति पूर्व सांसद मञ्चद्वारा दु:ख व्यक्त

काठमाडौं, २५ मंसिर । पूर्व सांसद तथा पूर्वराजदूत कमान सिंह लामाको निधनप्रति पूर्व सांसद मञ्च, नेपालले दुःख प्रकट गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मञ्चले दु:ख व्यक्त गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘२०४८ सालमा काभ्रे पलान्चोक जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा २०६२ सालमा अन्तरीम व्यवस्थापिका संसदमा निर्वाचित पूर्व सांसद,पूर्व राजदूत एवं यस पूर्व सांसद मञ्चका आजिवन सदस्य श्री कमान सिंह लामाको मिति २०७७ मंसिर २५ गतेका दिन विते रात ६९ बर्षको उमेरमा असामयिक निधन भएकोमा “ पूर्व सांसद मञ्च, नेपाल ” गहिरो दुःख प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ , साथै उहाँकोे शोक सन्तप्त परिवारजन प्रति भगवानले धर्यधारण गर्ने क्षमता प्रदान गरुन भनि हार्दिक समवेदना प्रकट गर्दछु ।’

पूर्व सांसद लामा वि.सं. २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बन्नुभएको थियो । त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहनुभएको थियो ।

कोरोना संक्रमणबाट पीडित पूर्व सांसद लामाको गएराति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);