पूर्वमन्त्री सिंहको निधनप्रति सांसद मंचद्वारा समवेदना प्रकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पूर्वमन्त्री सिंहको निधनप्रति सांसद मंचद्वारा समवेदना प्रकट

duryodhan

काठमाडौं, १३ जेठ । पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सांसद दुर्योधन सिंह थारु चौधरीको असामयिक निधनप्रति ‘पूर्व सांसद मंच, नेपाल’ले गहिरो दु:ख प्रकट गरेको छ । मंगलबार एक विज्ञप्ति मार्फत ‘पूर्व सांसद मंच’ले श्रदान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ।

२०२८ मा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गर्नुभएका चौधरीको ०४८, ०५१ र ०५६ को आमनिर्वाचन गरी तीन पटक रुपन्देही क्षेत्र नं १ बाट सांसद र ०५२, ५३ र ५७ गरी तीनपटक मन्त्री हुनुभएको थियो ।

पूर्वमन्त्री चौधरीको २०७७ जेठ ९ गते निधन भएको थियो। उहाँको दुई श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);