राष्ट्रियसभामा कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रियसभामा कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

radeshyam adhikari

काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको घटनाको भर्त्सना गर्दै संलग्न माथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रीको जवाफ माग गरेको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भर्त्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको हो । उहाँले मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनिय बनाउने व्यवस्था गरेको भन्दै उहाँले अहिले पनि दलितमाथि गैहदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताउनुभयो ।

उहाँले “ मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको छ । ५४ बर्ष पछि पारित अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनिय बनाउने व्यवस्था गरेको छ । छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनु पर्दछ । जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटीबीचको प्रेम सम्बन्धलाई युवतीवीचको जाजरकोट सम्बन्धलाई विहेबाहीमा परिणत गर्न गएको केही दलित माथि भएको सांघातिक र सो हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटना प्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भत्र्सना गर्न चाहन्छु । ”

नेता अधिकारीले अपराधसंग सम्बन्धीत व्यक्तिलाई गरेको कारवाही प्रक्रिया र पीडीतलाई गरेको सहयोग बारे गृहमन्त्रीसंग जानकारी माग गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);