गुठियारलाई प्रहरीको धरपकड विरोधमा कांग्रेसद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गुठियारलाई प्रहरीको धरपकड विरोधमा कांग्रेसद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

baithak abrudda

काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा राजधानीको माईतीघर मण्डलामा भएको प्रहरी धरपकडको विरोध गर्दे संसद बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माईतीघर मण्डलामा भएको प्रहरी दमनको भत्र्सना गर्दै त्यसबारे गृहमन्त्रीको जवाफ माग गरेको हो । भुमिसुधार मन्त्री पद्मा अर्यालको जवाफ पछि पनि कांग्रेस सांसदहरुले आईतबार माईतिघर मण्डलामा प्रर्दशनकारी माथि भएको धरपकड बारे गृहमन्त्रीको जवाफ माग गर्दे अवरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।

तर १५ मिनेटपछि पनि सहमती नजुटेपछि बैठक मंगलवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिनिधि सभाको बैठक शुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडलाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक खाँडले सरकारले शान्तिपुर्ण रुपमा भेला भएका आम नागरिक माथि वर्वरतापुर्ण आक्रमण गरेको भन्दै सो कार्यको भत्र्सना गर्नुभयो ।

बैठकमा खाँणले संविधान धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने प्रतिवद्धता जाहेर गरेको स्मरण गदै सरकारले संसदमा दर्ता गरेको गुठी सम्बन्धी विधयेकले धर्म संस्कृति परम्परा र सम्पदामाथि गम्भीर प्रहार गरेको दाबी गर्नुभयो । कांग्रेसले विरोध गरिरहेका बेला सभामुख महराले सत्तापक्षका सांसद पम्फा भुसाललाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले नियमापत्ति गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);