स्वास्थ्यमन्त्री ढकाल होम क्वारेण्टाइनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्वास्थ्यमन्त्री ढकाल होम क्वारेण्टाइनमा

Bhanu-bhakta-Dhakal

काठमाडौं १३ जेठ ।  कोभिड १९ को महामारीको समयमा आफनो जिम्मेवारीलाई गहनपूर्वक पूरा गरिरहनु भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बस्नुभएको छ ।

मन्त्री ढकाल केही दिन अगाडि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना बिरामीलाई अस्पतालमै भेट्न जानुभएको थियो । बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड—१९ पोजेटिभ देखियो । तर ती महिलालाई कोरोना संक्रमण पुष्टि हुनुअघि भेटेकै आधारमै मन्त्री ढकाल स्वम् होम क्वारेण्टाइनमा बस्नुभएको हो ।

मंगलबार विहान ९ बजे मन्त्री ढकालको स्वाब लिइएको छ । रिपोर्ट साँझसम्म आउने मन्त्रालय स्रोतले बताएको छ । अहिले ती बिरामी महिलालाई शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);