नेपालमा थप ९० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा थप ९० जनामा कोरोना संक्रमण

coronavirus test

काठमाडौं, १३ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार थप ९० जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितको संख्या ७ सय ७२ पुगेको हो ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर बिकास देवकोटाले संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ सहित विभिन्न जिल्लाका गरी ९० जना रहेका जानकारी दिनुभयो ।

हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १सय ५५ जना निको भएर घर फर्किएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक–एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ५४ हजार ४ सय २४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ९७ हजार ९ सय ६७ जनाको नमुना परीक्षण भएको छ ।देशैभरी गरेर ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);