नेपालमा संक्रमित संख्या ५ सय ४८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा संक्रमित संख्या ५ सय ४८ पुग्यो

corona virous

काठमाडौं, १० जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । आज बिहान थप ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप संक्रमित पुष्टि एका हुन् ।

पुष्टि हुनेहरुमा कपिलवस्तु बाडगंगा नगरपालिकाका ७ पुरुष र १ महिला, सर्लाहिको गोडैता, कविलासी नगरपालिकाका १३ पुरुष, बाराको करैयामाइ गाउँपालिकाकी ३७ वर्षीय महिला रहेका छन् । त्यस्तै काठमाडौंका ३५ वर्षीय पुरुष, रुपन्देहीको गैडहवा र रोहणी गाउँपालिका गाउँपालिकाका ८ जाना पुरुष र चितवनका ५२ वर्षीय १ पुरुष रहेका छन् ।

यसैबीच शुक्रवार बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ७० पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडीटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ ।

त्यसैगरी पीसीआर विधिबाट भने ४२ हजार ५ सय ५८ जनाको परीक्षण गरिएको छ । देशैभरी गरेर अहीले २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा ४ सय ३४ जना रहेका छन् ।

संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा १ बाँकेमा १ र गुल्मीमा १ गरी ३ जनाको मृत्यु भएको छ । हालसम्म ४० जिल्लामा संक्रमण फैलिएको छ ।
corona update jeth 10

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);