गण्डकी र दैलेखमा भेटियो १२ जनामा संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

गण्डकी र दैलेखमा भेटियो १२ जनामा संक्रमण

corona update

काठमाडौं, १५ जेठ । दैलेखमा थप एक वर्षीय बालकसहित आठ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएका आठै जना दैलेख जिल्लाका रहेका छन् । संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरीएको पिसिआर परीक्षणमा वालिङ १३ का २६ र २२ वर्षीय पुरुष र ३९ वर्षीय महिला, नवलपरासी बर्द घाट सुस्ता (पुर्व) देवचुली नगरपालिका सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);