थप २० जनामा कोरोना संक्रमण पुष्टी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

थप २० जनामा कोरोना संक्रमण पुष्टी

corona press meet 31

काठमाडौं, ९ जेठ । नेपालमा कोरोना संक्रमित को संख्या थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यससंगै कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३ पुरुषहरु रहेका छन् । उनीहरुको उमेर क्रमश १९,२३ र २६ वर्ष रहेको छ । उनीहरु ३ जना नै सरस्वती माविको क्वारेन्टाइमा रहेका व्यक्ति भएको मन्त्रालयले जनाएको छ ।

यस्तै डडेल्धुराका २८ वर्षीया एकजना पुरुष रहेका छन् । उनी परशुराम १० का व्यक्ति हुन् । उनी डडेल्धुरा अस्पतालमा उपचार छन् । बैतडी जिल्लाका एक जना २२ वर्षीया पुरुष रहेका छन् । उनको वैतडी अस्पतालबाट नमूना संकलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।

यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका १४ जनामा कोरोना संक्रमति पुष्टि भएको छ । उनीहरु १० देखि ६१ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।  मोरङका ४१ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);