थप २५ जनामा कोरोना संक्रमणको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

थप २५ जनामा कोरोना संक्रमणको पुष्टि

coronavirus test

काठमाडौं, ७ जेठ । नेपालमा थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा. देवकोटाका अनुसार ७ जना महिला र १८ जना पुरुष रहेका छन् । बाँकेमा ६ जना पुरुषहरु रहेका छन् । उनीहरु नरैनापुरका क्रमश १७, २०,२८, ३०, ४० वर्षका र खजुराका २७ वर्षीया पुरुष रहेका छन् ।

यस्तै धनकुटामा ५ जना नयाँ संक्रमित रहेका छन् । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र एकजना २४ वर्षीया महिला रहेका छन् । यस्तै कपिलवस्तुमा १३ जना थप संक्रमित छन् ।

जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीया पुरुषहरु विजयनगरको क्वारेन्टाइनमा रहेका छन् भने महाराजगंज गाउँपालिकामा ३, ४ र ५ वर्षीया बालिका र १६ वर्षीया युवती र २५ र ३२ वर्षीया महिला रहेका छन् । यस्तै १२ वर्षीया बालक, २०, २४ र ३४ वर्षीया पुरुष रहेका छन् । यस्तै नवलपरासीका २५ वर्षीषा पुरुष पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);