रुपन्देहीमा थप २५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रुपन्देहीमा थप २५ जनामा कोरोना संक्रमण

corona-test

रूपन्देही, १० भदौ । रुपन्देहीमा थप २५ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार थपिएका संक्रमित मध्ये १ जना महिला र २४ जना पुरुष रहेका छन् ।

बुधबार थपिएका संक्रमितहरुमा बुटवल उपमहानगरमा ६ जना, देवदह नगरपालिकामा १ जना, तिलोत्तमा नगरपालिकामा १ जना र सियारी गाँउपालिकामा १ जना कोरोना भाईरसका संक्रमित थपिएका छन भने बुधबार सबै भन्दा बढी सिद्धार्थनगर नगरपालिकामा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीको पछिल्लो तथ्यांक अनुसार ७६० जना जिल्लमा कोभिड-१९,कोरोना भाईरस बाट संक्रमित पुष्टि भएका छन् भने ३४६ जना कोरोना भाईरस बाट मुक्त भएर घर फर्केका छन् । रुपन्देहीमा बुधबार सम्म ६ जनाको कारोना भाईरसको संक्रमणका कारण मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);