नेपालमा थप ८७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

नेपालमा थप ८७ जनामा कोरोना संक्रमण

काठमाडौं, १९ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा ८७ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका ३ हजार ३९९ परीक्षणमध्ये ८७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३८१ जना पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा कुनै १ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणले ३ हजार १० जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);