चुहिने घरसँगै भाेकाे पेट | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

चुहिने घरसँगै भाेकाे पेट

रोग र भोकको सन्त्रासमा बाँच्न विवश

कपिलवस्तु,१० भदाै । कपिलवस्तुका विपन्नको दैनिकी निकै कष्टकर छ । वर्षात लागेसँगै ओत लाग्ने गतिलो घर छैन । कोरोनाको त्राससँगै भोक र ओतले सताएको छ । कोरोनाले गरिखाने सबै ठाँउ बन्द भएका छन् । दिनभरी ज्याला मजदुरी गरिखाने ठाउँसम्म बन्द भएपछि विपन्नहरुको दैनिकी कष्टकर बनेको हो ।

ओत लाग्ने घर छ, तर छानाबाट पानी चुहिन्छ । सरकारले जनता आवास कार्यक्रम पनि संचालन गरेको छ । तर, यी बस्तीमा सरकारी कार्यक्रम पुगेको छैन । गतिलो घर नहुँदा विपन्नहरु चुहिने छाप्रोमा दिन कटाउन बाध्य छन् ।

यी गाउँ नगर बस्तीमा चुनाउको बेला नेताको निकै दौड धुप हुन्थ्यो, तर चुनावपछि यी बस्तीमा कोही पुगेको छैन । स्थानीयलाई न्यूनतम दैनिक धान्न पनि सकस छ । घर गतिलो छैन । वर्षे झरी लागे पानी चुहिएर समस्या छ । पानी चुहिनुको साथै बिहान बेलुकी छाक टार्न पनि उत्तिकै गाह्रो छ ।

कपिलवस्तुका सर्वसाधारण लामो समयको लकडाउनले मारमा पर्दै आएकोमा पछिल्लो समय निषेधाज्ञाले थप आक्रान्त भएका छन् । यी बस्ती बसेको जमिन स्वयं उनीहरुको होइन, सडक विभागको जग्गामा उनीहरु दिन काटीरहेका छन् । सरकारले कोही कसै पनि भोकभोकै मर्न नपर्ने बताउदै आएको छ । सरकारले सिंहदरबारमा भोकभोकै मर्न नपर्न बताएपनि कपिलवस्तुका यी बस्तीमा भोकले सताएको छ ।

संविधानमा खाद्य सम्प्रभुतालाई मौलिक हकमा व्यवस्था गरिएको छ । आवासको कुरा संविधानले बोलेको छ । तर कपिलवस्तुका यी बस्तीमा संविधानमा जे जे लेखिएको भएपनि कुनै प्रभाव पार्न सकेको छैन । भोक र ओतको समस्याले विपन्नहरु छटपटिरहेका छन् समाजवादीको नारा लगाउने सरकारको कपिलवस्तुमा पनि ध्यान पुगेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);