सिरहाको मुसहर बस्तीमा घर निर्माण कार्य अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिरहाको मुसहर बस्तीमा घर निर्माण कार्य अलपत्र

musahar basti

सिरहा, ३ जेठ । सिरहाको कल्याणपुर नगरपालिका मझौलियाको मुसहर बस्तीमा सुरु गरिएको जनता आवास अन्तर्गत घर निर्माणकार्य अलपत्र भएको छ । जनता आवास कार्यक्रमले पुरानो घर भत्काउन लगाएर एक बर्षसम्म पनि नयाँ घर नबनाएपछि स्थानीयको बिचल्ली भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका मझौलियाको मुसहर बस्तीमा जनता आवास अन्र्तगत घर निर्माण सुरु गरिएको थियो । नयाँ घर बन्ने भएपछि स्थानीयले पुरानो घर भत्काएका थिए । तर जनता आवासका कर्मचारीले घर निर्माणमा ढिलाई गर्दा स्थानीयको बिचल्ली भएको छ । १३ घरपरिवार रहेको सो बस्तीका स्थानीय हावाहरी र बर्षातको समयमा विद्यालयमा ओत लाग्ने गरेका छन् ।

जनता आवासका कर्मचारीहरु आक्कल झुक्कल मात्रै पुग्ने गरेका छन् । पछिल्लो समय लगातार आईरहेको हावाहुरी र वर्षाले स्थानीयको बिचल्ली हुँदा पनि घर बनाउन चासो दिइएको छैन । भवन निर्माणमा पनि कमसल सामाग्रीको प्रयोग गरेको स्थानीयको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);