जनता आवासका नाममा बनाइएका घरमा उडुस आतकं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गोपाल पोखरेल, उदयपुर, २३ भदौ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५, सुन्दरपुरस्थित मुसहर बस्तीमा एक महिनायता उडुस आतंक मच्चिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले जनता आवासका नाममा बनाइदिएका कमसल घरका कारण उडुस फैलिएको र घरभित्र सुत्न र बस्न सक्ने अवस्था नरहेको उनीहरुले बताएका छन् ।

 

पराल र माटोले लिपेको भुइँ, बाँस प्रयोग गरेर बनाइएको छानो र भित्र प्लास्टर नगरिएका कारण जनता आवासका नाममा बनाइएका घरमा उडुस उत्पादन भएको स्थानीयको ठहर छ । अत्यधिक उडुस परेपछि करिब दुई दर्जन घरपरिवारले दिनभर बाहिरै बसेर बिताउने गरेका छन् । रातमा भने केटाकेटीले दलानमा र बुढापाकाले सडकमा निद्रा पु¥याउने गरेका छन् ।

 

दुई वर्षअघि सरकारले पक्की घर बनाइदिने खबर रेडियोबाट सुन्दा यहाँका सदा परिवारमा उल्लास छाएको थियो । भनेअनुसार घर निर्माण गर्न सरकारका प्रतिनिधि र काम जिम्मा लिने ठेकेदारले इँटाको गारो लगाएर घर बनाइदिन सुरु गरे पनि । तर, घर बन्दै गएपछि उनीहरुको मन कुँडियो । जसको कारण थियो, प्लास्टर र भुइँ ढलानविनाको सानो घर, डाँडाभाटा बाँसको प्रयोग र त्यो पनि झ्याल विनाको । चिसो भुइँ र प्लास्टर बिनाको प्वालैप्वाल भएको घरका कारण उडुस लागेको र घरभित्रै बस्न सक्ने अबस्था नरहेको उनीहरुको गुनासो छ ।

 

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय उदयपुरका प्रमुख प्रदिपकुमार सिंह भने सदा परिवारले सरसफाइमा ध्यान नदिएकाले उडुस लागेको हुनसक्ने बताउछन् ।

एउटा घर निर्माण गर्न दुई लाख २४ हजार ५ सय रुपैयाँ निकासा दिन सक्ने सरकारले भूमिहीन र अतिविपन्न मुसहर समुदायका लागि भुइँ ढलान, प्लास्टर र झ्याल बिनाको घरको इस्टिमेट किन तयार ग¥यो, स्थानीयले बुझ्न सकेका छैनन् । यस्ता घर बनाइदिने कार्यक्रमलाई ‘जनता आवास कार्यक्रम’ कसरी मान्ने ? उनीहरुको प्रश्न छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);