वडा कार्यालय राख्ने विषयमा झडप, २ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रुकुम, २३ भदौ । पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० को वडा कार्यालय राख्ने विषयमा झडप हुँदा दुई जना घाइते भएका छन्।

 

 

साविकको पेउघा गाविसको बरनेटीमा रहेको वडा कार्यालय भुम्केमा सार्नुपर्छ भन्ने पक्ष र बरनेटीमै रहनुपर्छ भन्ने पक्षबीच झडप भएको हो । झडपमा भुम्केका ५८ वर्षीया वडा सदस्य टेकबहादुर खड्का र उहाँका छोरा ३५ वर्षीय शेरबहादुर खड्का घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

 

कार्यालय भुम्केमा हुनुपर्छ भन्ने पक्षले बरनेटीमा रहेको वडापालिका कार्यालय तोडफोड गर्नुका साथै कार्यालयका सबै सामान नष्ट गरेको वडाअध्यक्ष शेरबहादुर केसीले बताएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);