कोषाध्यक्षको छोरालाई टिकट दिँदा कांग्रेसभित्र खुकुरी हानाहान (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लहान, २१ भदौ । उम्मेदवार छनौटको विवादले नेपाली कांगे्रसको जिल्ला पार्टी कार्यालय सिरहामा केही बेर अघि खुकुरी हानाहान भएको छ । उम्मेदवारी पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट बनेका उपेन्द्र यादव पक्ष बीच खुकुरी हानाहान भएको हो ।

दुई पक्षबीचको झडपमा परी करिब १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली काग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ताहरु घाइते छन् । घाइतेहरु जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले झडप स्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको बताए ।
सिरहा नगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा डा. सुभाषचन्द्र यादवलाई उम्मेदवार बनाएको छ । उनी नेपाली कांग्रेसका कोषाध्यक्ष सितादेवी यादवका छोरा हुन् । उक्त ठाउमा सिरहा नगरपालिका पूर्व उपमेयर उपेन्द्र यादवले मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);