गोरखा माओवादी र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

गोरखा, २० कार्तिक। गोरखाको भीमसेन गाउँपालिकाको बगुवामा माओवादी कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका सबिन बानियाँ घाइते भएका छन् । बानियाँको टाउको र हातमा गहिरो चोट लागेको प्रहरीले जानकारी दिएको छ। गाउँपालिकाको विषयमा झडपको स्थीती भएपछि माओवादीका स्थानीय व्यापारी प्रचण्ड श्रेष्ठले बानियाँमाथि खुकुरी प्रहार गरेका थिए।

उनलाई आइतबार साँझ नै थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ। गाउँसभाको आइतबार बसेको बैठकले गाउँपालिकाको केन्द्र बगुवाबाट मसेलमा सार्ने निर्णय गरेपछि विवाद बढेको हो। बगुवा क्षेत्रमा तनाब बढेपछि आइतबार साँझदेखि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।