कार्कीले पत्नी र नातिनीलाई गरे खुकुरी प्रहार | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०८०, बिहीबार

कार्कीले पत्नी र नातिनीलाई गरे खुकुरी प्रहार

काठमाडौं, ८ असोज । दोलखामा एक वृद्धमा श्रीमती र नातिनीमाथि खकुरी प्रहार गरेका छन् । तामाकोसी गाउँपालिमा एक वृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरेका हुन् । गाउँपालिकाको वडा नम्बर २ झुलेको ७२ वर्षीय मोहनबहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

गएको राति करिब १० बजे कार्कीले श्रीमती तारादेवी कार्की र नातिनी सुहाना कार्कीलाई घरेलु हतियार प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनामा संलग्न कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरूको स्थानीय अस्पताल चरिकोटमा उपचार भइरहेको र घटनामा संलग्न कार्की मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको छ ।

Leave a Reply