देशभर वर्षा र हिमपातको सम्भावनाः कोशी र सुदूरपश्चिम लगायतका क्षेत्रमा ‘अति भारी’ वर्षाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८३, आइतबार

देशभर वर्षा र हिमपातको सम्भावनाः कोशी र सुदूरपश्चिम लगायतका क्षेत्रमा ‘अति भारी’ वर्षाको चेतावनी

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा उल्लेख्य परिवर्तन भई अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको प्रक्षेपण गरिएको छ । पहाडी तथा तराईका अधिकांश भू–भागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा ‘धेरै भारी’ देखि ‘अति भारी’ वर्षा हुनसक्ने विभागले जनाएको छ । यस्तै, मधेश, वागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभरको मौसम बदली नै रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा ‘भारी’ देखि ’धेरै भारी’ वर्षाको पूर्वानुमान गरिएको छ भने कोशी प्रदेशका एक–दुई स्थानमा ’अति भारी’ वर्षा हुनसक्ने विभागले जनाएको छ ।  यसैगरी वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका विभिन्न क्षेत्रमा समेत मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रतिकूल मौसमका कारण हुनसक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 

Leave a Reply

ताजा समाचार