काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिमको तराई भू–भागमा भने आंशिक बदली रहने पूर्वानुमान छ ।
यसैगरी आज राति देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक शतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । तराईका भू–भागमा भने रातिको समयमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।





