देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको शर्तकता | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको शर्तकता

काठमाडौं ।मुलुकभरको मौसममा बदली भई आज देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने देखिन्छ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । यसैगरी, कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ । मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा देशभर सामान्यतया बदली रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, मधेस प्रदेशसहित कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने देखिन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । विशेषगरी राति मधेस र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

Leave a Reply

ताजा समाचार