आमा छोरालाई खुकुरी प्रहार गरेर रिताको हत्या गर्ने हमाल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८१, मंगलबार

आमा छोरालाई खुकुरी प्रहार गरेर रिताको हत्या गर्ने हमाल पक्राउ

murder
दाङ,८ असोज । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै आमा ६५ वर्षीया कमला कुमारी हमालसमेत घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको प्रहरीले टेक बहादुर हमाललाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको हो ।
साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा वीर बहादुर उपचार पश्चात डिश्चार्ज भएका छन् भने कमला कुमारीको नर्सिङहोम नेपालगंजमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);