प्रकाशमान सिंहको उद्घोष - 'अब प्रधानमन्त्री बन्न योग्य र सक्षम मै हुँ' | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

काठमाडौं, २० कार्तिक । नेपाली काँग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेद्धवार प्रकाशमान सिंहले काँग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेद्वार आफू नै भएको दाबी गरेका छन्।

राजधानीमा सोमबार अयोजित चुनाव विशेष साक्षात्कारमा उनले आफू पार्टीको उपसभापति र सरकारको उपप्रधानमन्त्री भैसकेको बताउँदै काँग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेद्धवार आफु नै भएको स्पष्ट पारेका हुन् । उनले भने,‘म सबै हिसाबले पार्टीको तर्फबाट अबको प्रधानमन्त्री बन्न योग्य र सक्षम उम्मेद्धवार हुँ, यसमा कुनै प्रश्न गर्नुपर्छजस्तो मलाई लाग्दैन्।’

उनले यो निर्वाचनमा कसैको पनि बहुमत नआउने ठोकुवा गरे । उनले आफ्नो पार्टी नै अबको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे । उनले थपे,‘काठमाडौंको जनताले लगातार विश्वास गरेर मलाई विजयी गराउँदै आउनुभएको छ, मलाई मन पराउनुभएको छ, म उपसभापति भैसकेको व्यक्ति हुँ, कांग्रेसबाट काठमाडौं उपत्यकाबाट कोहीपनि प्रधानमन्त्री अहिलेसम्म हुनुभएको छैन, अब यहाँका जनताले मलाई प्रधानमन्त्री भएको हेर्न चाहानुभएको छ, र त्यो क्षमता, योग्यता, र लोकप्रियताका कारण म नम्बर वान हुँ।’

त्यस्तै काठमाडौंका जनताहरुले सपना बाँढ्नेहरुलाई मत नदिने भन्दै काम गर्ने पार्टी र नेतालाई विजयी गराउने उनको भनाई थियो ।
साझा विवेकशिलका संयोजक तथा पूर्व पत्रकार रविन्द्र मिश्रलाई लक्षित गर्दै नेता सिंहले प्रश्न गर्ने छबि बनाएका मानिसहरुले प्रश्नको हिसाब मिलाउन नसक्ने आरोप लगाए । उनले थपे,‘प्रश्न सोधेर मात्रै हुन्छ ? उत्तर दिन आउनुपर्यो नि, उनले राजनीति बुझेका छैनन, उनको न पार्टी छ, न त जनता छन् ।’ सिंहले अघि भने,‘रविन्द्रजी राम्रो पत्रकार हो, उहाँले प्रश्न गर्न जान्नुभएको छ, जनताले प्रश्न भन्दा पनि हिसाव चाहन्छन्, यो क्षेत्रका जनताहरु सचेत छन्, हावाका भरमा बाँडिएका सपनाहरुका पछि लाग्दैनन्।’

काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये ८ वटा क्षेत्रमा काँग्रेसले जित निकाल्ने उनको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);