प्रधानमन्त्री हुन पाएकोमा गर्व लागेको छ : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विपी कोइरालाको अनुयायीको रुपमा प्रधानमन्त्री हुन पाएकोमा आपूmलाई गर्व लागेको बताएका छन् ।

 

प्रधानमन्त्री देउवाले विपी जस्तो सफल व्यक्तित्व मुलुकले अझै पाउन नसकेको स्मरण गरे । विपी कोइरालाको १ सय ३ औं जन्मजयन्तिको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले विपी कोइराला राजनीतिक मात्रै नभएर साहित्य र दर्शनको प्रखर समेत भएको बताए ।

 

उनले विपीको राजनीतिक साहित्यले मुलुकलाई अघि बढाउन सहयोग पुग्दै आएको उल्लेख गर्दै त्यसको प्रचार प्रसार अभियानलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । त्यस अवसरमा प्रधानमन्त्री देउवाले विपीबारे अझै खोज, अनुसन्धान गर्न सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रधानमन्त्री देउवाले विपी कोइरालाको बारेमा जति बोले पनि कम हुने बताए । कार्यक्रममा प्राध्यापक डा. अभि सुवेदीलाई विपी साहित्यिक सम्मान प्रदान गरिएको थियो । १ लाख १ हजार नगद सहित प्राध्यापक डाक्टर सुवेदीलाई विपी साहित्यिक सम्मान प्रदान गरिएको हो ।

 

सुवेदी जस्तो विद्धानलाई विपी साहित्यिक सम्मान प्रदान गरेकोमा आफूलाई खुसी लागेको पनि प्रधानमन्त्री देउवाले बताए । त्यस अवसरमा सम्मानित व्यक्तित्व सुदेवीले राजनीतिमा सृजना हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले विपी कोइराला सृजनशील राजनेता भएकाले मुलुकले सधैं सम्झने गरेको बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);