प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको स्मृति दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको स्मृति दिवस

bp koirala

काठमाडौं, ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस विविध कार्यक्रम गरि मनाइँदै छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा विपीले पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।

२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएका कोइरालाका तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदी आइन,हिटलर र यहुदी, बाबु,आमा र छोरा, उपन्यास तथा मेरो कथा, दोषी चश्मा र श्वेत भैरवी कथा संग्रह प्रकाशीत छन् ।

विपीका साहित्यिक कृतिहरू विशेषतः यौन मनोविज्ञानमा आधारित छन् । विपी कोइरालाको तस्विर अंकीत पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);