सुनसरीको इटहरीमा प्रहरी र स्थानीयबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सुनसरीको इटहरीमा प्रहरी र स्थानीयबीच झडप

सुनसरी, १९ जेठ । सुनसरीको इटहरीमा सामुदायिक भवन भत्काउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ ।दिउँसो इटहरीको वडा नम्बर ८ मा निर्माण भएको सामुदायिक भवन भत्काउन जिल्ला अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा झडप हुँदा ७ जना घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सार्वजनिक जग्गामा निर्माण गरिएको सामूदायिक भवन भत्काएपछि आक्रोशित स्थानीय र प्रहरीबीच केही समय दोहोरो झडप समेत भएको थियो । झडपका क्रममा तीन सुकुम्बासी र चार जना सुरक्षाकर्मी घाइते भएको प्रहरी कार्यालय इटहरीले पुष्टी गरेको हो ।

भूमि अधिकार मञ्चले त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीलाई लक्षित गरि सो सामुदायिक भवन निर्माण गरिएको हो । जिल्ला अदालतले सामुदायिक भवन हटाई सार्वजनिक जग्गा खाली गर्नु भन्ने फैसला दिएबमोजिम भवन भत्काइएपछि त्यहाँ तनाव उत्पन्न भएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);