अछाम सदरमुकाम मंगलसेन नगरपालिका प्रदुषित | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अछाम सदरमुकाम मंगलसेन नगरपालिका प्रदुषित

सुशील भण्डारी
अछाम, १९ जेठ । नगर व्यवस्थापनसँगै नगरको फोहोर व्यवस्थापन देशका ठूला शहरहरुका लागि चुनौतीपूर्ण बन्दै आएको छ । स्थानीय तह निर्वाचनपछि यसमा सुधार हुने विश्वास गरिए पनि निर्वाचन सम्पन्न भएको वर्षदिन बित्दा पनि कतिपय जिल्लाका शहरहरु फोहोर र अव्यवस्थित नै छन् । यस्तै फोहोर र दुर्गन्धनले अछाम सदरमुकाम मंगलसेन नगरपालिका प्रदुषित बनेको छ ।

जिल्ला सदरमुकाम अछामको मुटु मानिने मंगलसेन बजार अहिले फोहरको भण्डार जस्तै बनेको छ । मुलुकमा देखिएको लामो समयको राजनीतिक संक्रमण र स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा नगरको यस्तो हालत भएको आम नागरिकको बुझाइ थियो ।

नागरिकको यही बुझाइलाई हतियार बनाएर नगरको प्रमुख पदमा चुनाव लडेकाहरुले परिवर्तनका ठूल्ठूला सपना पनि देखाए । स्थानीय तह निर्वाचनपछि त नगरको मुहार झन् दयनीय देखिएको छ ।

निर्वाचनका बेला मेगा सिटी र स्मार्ट सिटीको सपना देखाउने नेताहरु अहिले नगरको प्रमुख बनेका छन् । तर नगरपालिकाहरुको पहिलो प्राथमिकतामा पर्ने नगरको सरसफाइ र फोहोरको व्यवस्थापन भने उस्तै छ ।

मंगलसेन बजार क्षेत्रमा ढल निकासी नहुँदा त्यसको असर जनताले झेल्नुपरेको छ । फोहोरका कारण विभिन्न रोगको संक्रमण देखा पर्न थालेको छ । जसले गर्दा निर्वाचनमा उत्साहका साथ मत खसालेका स्थानीय निरास बनेका छन् ।

नगरपालिकाको वडा नम्बर–५ का वडा अध्यक्ष हरिप्रसाद ढुंगानाले फोहोर व्यवस्थापनमा आफूहरु गम्भीर रहेको बताए । उनका अनुसार नगरपालीकाको पहिलो नगर परिषदबाट नै नगरलाई स्वच्छ र हरीयाली नगर बनाउने कुरा पारित भइसकेको छ ।

नगर भन्ने बित्तिकै शिक्षित र सभ्य नागरिकहरुको बसोबास भएको स्वच्छ, सफा र व्यवस्थित स्थान भन्ने दृष्य आँखा आगाडि आउँछ । तर, मंगलसेनको वास्तविकता भने ठीक उल्टो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);