बाजुराको बडिमालिका नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

बाजुराको बडिमालिका नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाइ

बाजुरा, १९ जेठ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ ले सार्वजनिक सुनुवाइ कार्यक्रम गरी विकासे योजनाको प्रगतिबारे जनतालाई जानकारी गराएको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ का योजना सार्वजनिक गर्न कार्यक्रम चलाइएको वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए । गत आर्थिक वर्षमा वडाकालागि ५५ लाख ५० हजार बजेटबाट १३ मध्ये १० वटा योजना सम्पन्न भएको वडा अध्यक्ष पाध्यायले बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा योजना सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सिराडी गुल्डुग्रा पदमार्गका उपभोक्ता समितिका अध्यक्ष कन्जडे लुवार र कालाजग्रा पर्यटन पदमार्गका अध्यक्ष लोकेन्द्र रोकायालाई प्रशंसा पत्र सहित सम्मान गरियो ।

कार्यक्रममा नगर उपप्रमुख कविता विष्टले वडा नम्बर ७ ले नगरपालिका भित्रका ९ वटा वडामध्ये पहिलो पटक योजनाहरुको सार्वजनिक कार्यक्रम अनुकरणयोग्य रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);