बुढीगंगा निर्वाचन अपडेट : ६ वडाको मत गणना सकिदा कांग्रेसले खाता खोल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बुढीगंगा निर्वाचन अपडेट : ६ वडाको मत गणना सकिदा कांग्रेसले खाता खोल्यो

धनगढी। बाजुराको बुढीगंगा नगरपालिकामा जारी मत गणना अन्तरगत ६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ६ वडाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले खाता खालेको छ ।

नेपाली कांग्रेसले बुढीगंगा नगरपालिका–८ का वडा अध्यक्ष पद जीतेको हो । वडा नम्बर–८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार बिराज रावललाई पराजित गर्दै रमेश रावल वडा अध्यक्षमा विजयी भएका हुन् । मतगणना सम्पन्न भएका अन्य ५ वडामा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–३ मा नेकपा एमालेका खडबहादुर अधिकारी,  वडा नम्बर–९ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहले वडा नम्बर–४ र ७ को मतगणना भइरहेको छ । बुढीगंगामा हाल सम्म ५ हजार ५ सय मत गणना भइसक्दा मेयर उम मेयरमा एमालेका उम्मेदवार फराकिलो मत अन्तरले अगाडी रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगाको मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ ३ हजार ३५१ मत सहित अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रंगबहादुर खातीले १ हजार ७८९ मत ल्याएका छन् । उप मेयरमा पनि एमालेकी माया कुमारी खड्का (कुँवर) ३ हजार २५८ मत सहित लिड गरिरहेकी छन् भने कांग्रेसकी उम्मेदवार रिता शाही (शाह)ले १ हजार ८६२ मत ल्याएकिछन् । बुढीगंगामा ९ हजार १२८ मते खसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);