सरकारले बर्खाअघि नै घर बनाइदिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सरकारले बर्खाअघि नै घर बनाइदिने

gokul baskota

काठमाडौं, २२ चैत । भुमरीयुक्त हावाहुरीले बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बनाइदिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बर्खा अघि नै घर बनाइसक्ने निर्णय गरेको हो ।

‘भत्किएका सबै घर बर्खाअघि नै बनाइ सकिनेछ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘तदारुकतासाथ निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिने सरकारले निर्णय गरेको छ ।’ उनका अनुसार सबै घर जनता आवासका ढाँचाका हुने छन् ।

निर्माण कार्यको समन्वय र सहजीकरण गर्न प्रदेशका प्रमुख सचिवलाई तोकिएको छ । त्यसका लागि सहरी विकास र रक्षामन्त्रालयका प्रतिनिधि तथा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी रहने समिति बनाइएको छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);