सरकारले बनाइदिएको घर पाएपछि हावाहुरी पीडित हर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले बनाइदिएको घर पाएपछि हावाहुरी पीडित हर्षित

हावाहुरी पीडितका घर

श्याम गुप्ता
बारा, २३ भदौ । बारा र पर्साका हावाहुरी प्रभावित परिवार सरकारले बनाइदिएको घर पाएपछि यतिबेला हर्षित छन् । निर्माण गरिएका सबै घर उस्तै रंग र एउटै आकार प्रकारको बनेपछि स्थानीय वस्तीको रुप नै फेरिएको छ । घर प्राप्त गर्नेहरु त खुशी भए तर कतिपय वास्तविक पीडितले घर नपाएको गुनासो पनि गरेका छन् ।

बारा र पर्साका हावाहुरी प्रभावितको लागि नेपाली सेनाले घर निर्माण गरिदिएको हो । सेनाले ८ सय ६९ घर पुन निर्माण गरी स्थानीयलाई गत बुधबार हस्तान्तरण गरेको हो ।

सरकारको लगानीमा बनेका घर झण्डै पाँच लाखको लागतमा बनेका छन् । घर निर्माणमा सरकारको ४४ करोड ६० लाख खर्च भएको छ । एउटै आकारमा बनेका पक्की घर पाएपछि पीडितहरु खुशी भएका छन् ।

नेपाली सेनाले घटनाको समयमा आफुहरुको उद्धार देखि घर निर्माण समेत गरिदिएको स्थानीयहरु सरकार र नेपाली सेनाप्रति आभार प्रकट गरेका छन् ।

घर पाएकाहरु खुशी भएका छन् भने घर नपाएका पीडितहरु अहिले दुखी छन् । पीडितहरुका लागि जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले घर बनाएर हस्तान्तरण गरे पनि बास्तविक पीडितहरुले घर नपाएको उनीहरुको गुनासो छ ।

पटक–पटक सिडियो कार्यालय र वडा कार्यलयमा गुहार लगाउँदा समेत आफुले घर नपाएको फेटा गाउँपालिका वडा नं.१ भलुहीकी हेवन्ती देबीको गुनासो छ ।

उता सोही वडाका अर्का पीडित शंकर दास तत्माको पनि उस्तै दुःखेसो छ । वडाअध्यक्ष आफुहरुलाई बेवास्ता गरेको त चाप्लुसी गर्नेहरुले सहजै घर पाएको उनको गुनासो छ । सरकारले बनाइदिने घर आफूले नपाए पछि जग्गा बेचेरै घर बनाउन बाध्य भएको उनको भनाई छ ।

जन प्रतिनिधिको पार्टीगत भेदभावका कारण आफुहरुले भवन नपाएको उनीहरुको गुनासो छ । यता बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले छुटेका पीडितहरुको छानविन गरी सरकारसंग समन्वय गरेर नेपाली सेना मार्फत नै पुनः भवन निर्माण गरेर हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);