८६९ हुरीपीडितलाई सरकारले दियो घर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

८६९ हुरीपीडितलाई सरकारले दियो घर

हावाहुरी पीडितका घर

काठमाडौं, १९ भदौ । बारा र पर्सामा विनाशकारी हावाहुरी तथा असिनापानीबाट आवासविहीन बनेका पीडित परिवारले पाँच महिनामै सरकारनिर्मित आवास पाएका छन् । प्राकृतिक प्रकोपबाट पीडितले यति छोटो अवधिमा सरकारनिर्मित आवास पाएको यो पहिलो अवसर हो । गएको चैत १७ मा त्यहाँ विनाशकारी हावाहुरी चलेको थियो ।

नेपाली सेनाले निर्माण गरेका आवास बुधबार केन्द्र सरकारलाई हस्तान्तरण गरेपछि केन्द्र सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीय तहमार्फत पीडित परिवारलाई हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । नेपाली सेनाको जनता आवास निर्माण कार्यदलद्वारा बुधबार वीरगञ्जमा आयोजित घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताका कारण बारा र पर्साका हावाहुरी पीडितले घर पाएको बताउनुभयो ।

हावाहुरी पीडितको घर निर्माणका क्रममा केही कमीकमजोरी भएको र केही छुट्न गएको लगायतका गुनासा सुन्नमा आएको बताउँदै रक्षामन्त्री पोखरेलले भन्नुभयो, “यो काम सम्पन्न गर्ने सिलसिलामा छुट्न गएका पीडितहरूका लागि के गर्नुपर्ने हो, त्यसका लागि औपचारिक निर्णय गर्छौं, यो वचन म तपाईंहरूसमक्ष राख्न चाहन्छु ।”

त्यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रशासनिक कमीकमजोरीका कारण बारामा केही पीडित घर निर्माणबाट वञ्चित हुनुपरेको प्रसङ्ग उठाउनुभएको थियो । नेपाली सेनाले राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डताको रक्षा मात्र नभई विकासनिर्माण र राज्यलाई विपत् परेको बेला सदैव जनता र देशका लागि योगदान पु¥याउँदै आएको बताउनुहँुंदै रक्षामन्त्री पोखरेलले नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले तोकिएको समयभित्रै घर निर्माण गरी हस्तान्तरण गरेकोमा सेनालाई धन्यवाद दिनुभयो । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);