बर्षा सुरु भइसक्दा पनि बारा-पर्साका हावाहुरी पीडित घरबार बिहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बर्षा सुरु भइसक्दा पनि बारा-पर्साका हावाहुरी पीडित घरबार बिहीन

bara huri pidit-pal ko chahari

काठमाडौं, १२ असार । बर्षा सुरु भइसक्दा पनि घर निर्माण हुन नसकेको भन्दै बारा पर्साका हावाहुरी पीडितले असन्तुष्ठी जनाएका छन् । नेपाली सेनाले प्रभावितहरुका लागि आवास निर्माणको काम गरिरहेको भएपनि क्षतिको यथार्थ विवरण संकलन हुन नसकेका कारण सो बस्तीका केही परिवार घरवारविहिन हुने देखिएको छ ।

पहिलो अनुगमन निरीक्षणमा सबै पीडितको नाम समावेश भएपनि सरकारले जग्गा नभएकाहरुको नाम सूचीबाट हटाएपछि समस्या भएको हो । अर्काको जमिनमा फुसको घर बनाएर बसेका र एकाघरका दाजुभाईहरुको भिन्ना भिन्नै परिवारका लागि घर निर्माण गर्ने विषयमा सरकारले केही नभनेको भन्दै कलैया उपमहानगरपालिका वडा १८ भरवलियाले वेवास्ता गरेपछि पीडित समस्यामा परेका हुन् ।

बाराका जिल्ला प्रशासन कार्यालयको विवरणमा सुरुमा बारा पर्सा गरी कुल १ हजार ४ सय ५३ घर निर्माणका लागि सिफारिस गरिएकोमा हाल फिल्डमा ’भेरिफिकेसन’ टोली जाँदा ८ सय ८९ घर निर्माणका लागि आदेश आएको छ ।

कलैया उपमाहानगरपालिका, ८ नम्बर वडा कार्यालयले आफ्नो जग्गा नभएकाहरुका लागि घर निर्माण गर्नेबारे सरकारले केही निर्देशन नगरेकाले घर निर्माण गर्न नसकिने बताउँदै आएको छ । अध्यक्ष अम्बिका प्रसाद यादवले जग्गा नभएकाको लागि सरकारले जग्गा उपलब्ध गराएर घर निर्माणको पहल गर्नुपर्ने अन्यथा वडा कार्यालयले केही गर्न नसक्ने बताउनुभयो ।

गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी २९ जनाको मृत्यु भएको थियो । हुरीले बाराको फेटा, सुवर्ण, पचरौता, पर्सौनी, परवानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो । नेपाली सेनाले साउन मसान्तसम्म सबै ८ सय ८९ वटा घर निर्माण गरि हस्तान्तरण गरिसक्ने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);