बजेटमा विभेद भएको भन्दै पोखरा महानगरका वडाध्यक्ष आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बजेटमा विभेद भएको भन्दै पोखरा महानगरका वडाध्यक्ष आन्दोलित

उमा आले मगर
पोखरा, १२ असार । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेटप्रति असन्तुष्टी जनाउँदै महानगरभित्रका वडाका वडाध्यक्षहरु आन्दोलनमा उत्रिएका छन् । विपक्षी नेपाली कांग्रेसका ११ वडाका वडा अध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले बुधबार महानगरपालिकाको योजनाको रातो किताब नै च्यातेर असन्तुष्टी व्यक्त गरेका थिए भने बिहीबार महानगरको मुल गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका हुन् । तीन दिनसम्म चलेको बजेटमाथि छलफलको क्रममा वडाध्यक्षहरुले बजेट समानुपातिक वितरण नभएको दावी गर्दै महानगरपालिका विरुद्ध आन्दोलनमा उत्रिनु परेको वडा नम्बर ९ का वडा अध्यक्ष रामराज लामिछानेले बताउनुभयो ।

पोखरा महानगरपालिकाले केही वडाहरुमा मात्रै बजेट केन्द्रित भएको र काँग्रेसले जितेका वडाहरुलाई विभेद गरिएको उनीहरुको भनाई छ । बजेट वितरण समानुपातिक नभएको काँग्रेसका प्रतिनिधिहरुको आरोप छ । तर महानगरले कसैलाई विभेद नगरेको पोखरा महानगपालिकाका प्रवक्ता धनबहादुर नेपालीले दाबी गर्नुभयो ।

काँग्रेसको विरोधकै बाबजुत महानगरको बजेट बुधबार नै बहुमतले पारित भएको थियो । एक सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपाका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);