सिचाई डिभिजनका २ जना अधिकृत घुस सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिचाई डिभिजनका २ जना अधिकृत घुस सहित पक्राउ

कञ्चनपुर, १२ असार । कञ्चनपुरको जल स्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका दुई जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले कार्यालयका डिभिजन अधिकृत अजित कुमार श्रीवास्तव र ईन्जिनियर तथा सूचना अधिकारी ग्रिस्मा ठगुन्नालाई दुइ लाख घुस सहित पक्राउ गरेको हो ।

भीमदत्त नगरपालिका १९ को चौधर नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मिलन सिंहसँग २ लाख घुस मागेको र उनले घुस बापतको रकम कार्यालयमा बुझाउने क्रममा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।

भीमदत्त नगरपालिका १९ मा चौधर नदी नियन्त्रणका लागि उपभोक्ता समितिबाट निर्माण भएको तटबन्धको योजनामा भुक्तानी दिने क्रममा घुस लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई रंगे हात पक्राउ गरिएको हो ।

नगदसहित पक्राउ परेका कर्मचारीहरुलाई थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय पठाइने अख्तियार कञ्चनपुरले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);