ठेलागाडाका खाद्यान्नमा कडाइ गरिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ठेलागाडाका खाद्यान्नमा कडाइ गरिँदै

thelagadha

काठमाडौं, २२ चैत । सरकारले फुटपाथका खाद्यान्नमा कडाइ गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले ठेलागाडामा विक्री हुने खाद्यान्नमाथि कानून बनाई कडाइ गर्न लागिएको बताएका हुन् ।

बिहीवार विभागमा आयोजित पत्रकार सम्मेलनमा उनले नियमनका लागि स्ट्रीट फुडको निर्देशिका जारी गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार मस्यौदाको खाका तयार भइसकेको छ । मस्यौदा जारी भएपछि फुटपाथमा राखिने ठेलागाडामाथि नियमन हुनेछ । दर्ता नभई सञ्चालित त्यस्ता व्यवसायहरू पनि स्थानीय तहमा अनिवार्य दर्ता हुनुपर्ने गरी कानूनी व्यवस्था गर्न लागिएको कर्णको भनाइ छ । हाल ठेलागाडामा पानीपुरी, चटपटे, आइसक्रिम, चाउमिन, ममका परिकारहरू विक्री हुँदै आएका छन् ।

लापरबाही गर्ने सयभन्दा बढीलाई मुद्दा

चालू आर्थिक वर्ष (आव) २०७५/७६ को आठ महीनामा विभागले खाद्यान्नको गुणस्तरमा लापरबाही गर्ने सयभन्दा बढीलाई मुद्दा दर्ता गरेको छ । विभागले सार्वजनिक गरेको प्रगतिमा १३६ व्यवसायीमाथि कारबाही स्वरूप मुद्दा दायर गरिएको उल्लेख छ, जसमध्ये १५ मुद्दा गुणस्तरहीन पानी बेच्ने उद्योगमाथि दायर गरिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

विभागले खाद्यस्तर निर्धारण अन्तर्गत पुस्टकारी, गुँदपाक, तेल र खाद्यवस्तुमा माइकोटक्सिन लगायतको सीमा सम्बन्धी मस्यौदा तयार गरेको बताएको छ । साथै गाईको दूधको गुणस्तर मापदण्ड संशोधनको मस्यौदा प्राविधिक समितिबाट स्वीकृत गरेको वस्तीले जानकारी दिए । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);