विभागमा दर्ता नभएको निओलोर औषधिमाथि प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विभागमा दर्ता नभएको निओलोर औषधिमाथि प्रतिबन्ध

काठमाडौं, ८ चैत । औषधि व्यवस्था विभागमा दर्ता नभई विक्री वितरण हुँदै आएको एउटा औषधिमाथि सरकारले प्रतिबन्ध लगाएको छ । औषधि व्यवस्था विभागले शनिबार सूचना जारी गर्दै निओलोर (लोराजेपाम इन्जेक्सन) माथि प्रतिबन्ध लगाएको हो ।

सो औषधि विभागमा दर्ता नभएको र राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा औषधिको लेबलमा उल्लेख गरिएको औषधि समेत नरहेको भेटिएको सूचनामा उल्लेख गरिएको छ ।

नियोन ल्याबोटोरिज लिमिटेडले उत्पादन गरेको उक्त इन्जेक्सन नक्कली भएको पुष्टि गर्दै विभागले विक्री वितरण तथा प्रयोग गर्न र गराउनमा रोक लगाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);