रुकुममा भ्रष्टाचारविरुद्ध नागरिक अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रुकुम, २३ भदौ । द्वन्द्वको अन्त्य, शान्ति प्रक्रिया र स्थानीय तह निर्वाचनपछि पनि भ्रष्टाचारजन्य गतिविधि नरोकिएको भन्दै रुकुममा भ्रष्टाचारविरुद्ध नागरिक अभियान सुरु गरिएको छ ।

 

भ्रष्टाचारविरुद्धको सामाजिक खबरदारी अभियानअन्तर्गत नागरिक समाजका तर्फबाट सचेतना अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत शुक्रबार रुकुम सदरमुकाम मुसिकोटमा सचेतना ¥याली निकालिएको छ । ¥यालीमा नवनिर्वाचित स्थानीय प्रतिनिधि र सरकारी कार्यालयका प्रमुखहरुलाई पनि ‘म भ्रष्टाचार गर्दिनँ’, ‘गर्न दिन्नँ’ र ‘भ्रष्टाचार सहन्नँ’ लेखिएका ब्यानरमा हस्ताक्षर गराइएको छ ।

 

गाउँगाउँमा लाखौं बजेट जाने भए पनि भ्रष्टाचारका कारण सोचेअनुसार विकास हुन नसकिरहेको भन्दै कार्यक्रमका सहभागीले स्थानीय सरकारले त्यसको नेतृत्व गर्नुपर्ने बताए । मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतमले निर्वाचनमार्फत जनताले गाउँको विकास र समृद्धिका लागि आफूहरुलाई दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 

सरकारी तथा गैरसकारी निकायहरुको करोडौं बजेट भित्रिए पनि विभिन्न बहानामा तलदेखि माथिसम्म हुने भ्रष्टाचारका कारण रुकुमको अपेक्षित विकास हुन सकिरहेको छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);