रुकुममा एक दशक पछि केन्द्रीय प्रसारण लाइनको बिद्युत बल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रुकुममा एक दशक पछि केन्द्रीय प्रसारण लाइनको बिद्युत बल्यो

मेघराज खड्का
११ माघ,रुकुम
रुकुममा केन्द्रिय बिद्युत लाईनको बिद्युत बल्न थालेको छ । केन्द्रिय लाईन बिस्तारको लागि कात्तिक दोस्रो साता नेपाल बिद्युत प्राधिकरणको खलंगा बितरण केन्द्र कार्यालय उद्घाटन गरि तिब्र गतिमा काम थालिएपछि विद्युत वल्न थालेको हो । खलंगा वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले मुसीकोट सम्ममा शीतलपाटी–मुसीकोट केन्द्रीय प्रसारण लाइनको बिद्युत सञ्चालनमा आएको जानकारी दिनुभयो

रुकुममा एक दशक पछि केन्द्रीय प्रसारण लाइनको बिद्युत बल्यो

मेघराज खड्का
११ माघ,रुकुम

रुकुममा केन्द्रिय बिद्युत लाईनको बिद्युत बल्न थालेको छ । केन्द्रिय लाईन बिस्तारको लागि कात्तिक दोस्रो साता नेपाल बिद्युत प्राधिकरणको खलंगा बितरण केन्द्र कार्यालय उद्घाटन गरि तिब्र गतिमा काम थालिएपछि विद्युत वल्न थालेको हो ।

 

खलंगा वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले मुसीकोट सम्ममा शीतलपाटी–मुसीकोट केन्द्रीय प्रसारण लाइनको बिद्युत सञ्चालनमा आएको जानकारी दिनुभयो । अहिले परिक्षण प्रशारणका रुपमा बिद्युत लाईन सञ्चालनमा आएको छ । बिद्युत प्राधिकरणको क्षेत्रिय कार्यालय नेपालगञ्ज संग थप समन्वय गरेर केहिदिनपछि नियमित रुपमा बिद्युत सञ्चालनमा आउने योजना रहेको छ ।

 

तत्काल केन्द्रिय लाईन सल्यान रुकुम सडक खण्ड आसपासका बजार केन्द्र र सदरमुकाम खलंगामा सुचारु भएको छ । प्राधिकरणले नै उत्पादन गरेको तर यसअघि लिज मार्फत ठेक्कमा सञ्चालन हुदै आएको स्यार्पुतालबाट उत्पादित बिद्युत पनि पुनः प्राधिकरणकै मातहतमा सञ्चालनमा आएको छ । हाल उक्त बिद्युत बाँफिकोट देखि सल्ले सम्म सञ्चालनमा रहेको छ भने सदरमुकाम खलंगामा रहेका ३ वटा ट्रान्समिटर मार्फत केन्द्रिय लाईनको बिद्युत सञ्चालन गरिएको हो ।

 

यसअघि रुकुमेली बिद्युत उर्जा विकास उपभोक्ता समिति रुकुमले सञ्चालन गर्दै आएको सम्पुर्ण प्रकृया अब खलंगा बितरण केन्द्रबाट नै हुनेछ । सदरमुकाम खलंगाको सेरिगाउँमा रहेको बितरण केन्द्रको कार्यालयबाट नै अब ग्राहकहरुले ग्राहक सेवा र शुल्क बुझाउने काउन्टर रहने छ । रुकुममा केन्द्रिय लाईन विस्तारका लागि काम थालेको करिब एक दशक पछि केन्द्रीय प्रसारण लाइनको बिद्युत मुसिकोटमा बलेको हो । यसअघि रुकुममा केन्द्रीय लाईन विस्तारका लािग पहल गरिएको भएपनि दशक सम्म काम रोकिदा गाडिएका पोल तथा तारहरु अलपत्र परेका थिए ।

 

मुसीकोटसम्म आउने केन्द्रीय बिद्युतको ११ केभी क्षमताको हो । त्यस्तै यस क्षेत्रको बिद्युतका थप व्यवस्थित र स्थानीय स्तरमा उत्पादित बिद्युतलाई केन्द्रीय लाईनमा जोड्न शीतलपाटीमा सबस्टेसन निर्माणको काम पनि अन्तिम चरणमा रहेको छ भने रुकुममा पनि सव स्टेशन बनाउने योजना बनेको छ । शीतलपाटीको सबस्टेसन निर्माणपछि मुसीकोटमा भने ३३ केभी क्षमताको बत्ति बल्ने छ ।

 

रुकुम बितरण केन्द्र उद्घाटन क्रममा पुगेका उर्जा मन्त्री जनार्दन शर्माले काम थालेको ४ महिना भित्रै रुकुममा केन्द्रिय बिद्युत बिस्तार हुने जानकारी र कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । यस अनुसार कार्तिक दोस्रो साता देखि शुरु भएको काम चार महिना भित्रै अर्थात माघ दोस्रो हप्तामै बिद्युत सञ्चालनमा आएको हो ।

 

रुकुममा केन्द्रित बिद्युत लाईन बिस्तार हुन थालेपछि रुकुमेलीहरु खुसि भएका छन । यसअघि स्थानीय उत्पादनबाट नै बिद्युत बाल्दै आएका रुकुमेलीले दैनिक २० घण्टा बढी लोडसेडिङको मार खेप्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);