खानेपानीको सुविधा पाएपछि रामपुरवासीको हर्षको सीमा रहेन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

खानेपानीको सुविधा पाएपछि रामपुरवासीको हर्षको सीमा रहेन्

१ सय ६० घर परिवारलाई पानीको सुविधा पु¥याउने उद्देश्य सुमित श्रेष्ठ
११ माघ, रामेछाप
वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका रामेछाप जिल्लाको रामपुरबासीले खानेपानीको सुविधा पाउँने भएपछि हर्षित भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले पुनः निर्माणको काम अन्तर्गत रामपुरमा आइतबारे खानेपानी योजना लागू गरेपछि त्यहाँका स्थानीय हर्षित भएका हुन्

खानेपानीको सुविधा पाएपछि रामपुरवासीको हर्षको सीमा रहेन्

सुमित श्रेष्ठ
११ माघ, रामेछाप
वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका रामेछाप जिल्लाको रामपुरबासीले खानेपानीको सुविधा पाउँने भएपछि हर्षित भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले पुनः निर्माणको काम अन्तर्गत रामपुरमा आइतबारे खानेपानी योजना लागू गरेपछि त्यहाँका स्थानीय हर्षित भएका हुन् । रामपुर–५ का १ सय ६० घर परिवारलाई पानीको सुविधा पु¥याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले १ करोड २७ लाख ४१ हजार २ सय ३९ रुपैयाँ लगानी गरेको छ भने २६ लाख ५७ हजार रुपैयाँ बराबर उपभोक्ताले श्रमदान गर्नुपर्ने छ । यस वर्ष सम्पन्न गर्ने गरि काम सुरु गरिएको सो खानेपानी योजना पाइप लाइनको खाल्टो खन्ने र ट्याङकी तथा धारा निर्माण गर्ने काम भइरहेको छ ।

 

४ सय ५० मिटर भर्टिकल हाइट र १ हजार मिटर उकोलो दुरीमा लिफ्ट प्रविधिबाट पानी तारेर गाउँमा वितरण गर्ने योजना अन्तर्गत अहिले मुख्य ट्याङकी निर्माणको काम भइरहेको छ । ट्याङकी निर्माणको लागि समेत पानीको आभव भएपछि श्रमदानमा खटिरहेका उपभोक्ताहरु प्रतिघर २० लिटरका दरले पानी लिएर आउँने गरेका छन् । ट्याङकी निर्माणको लागि आफ्नो भागमा परेको पानी ल्याउँन ३ घण्टा लाग्ने उपभोक्ताको भनाई छ । सधैका लागि खानेपानीको सुविधा हुने खुसीमा घरको लागि र ट्याङकी निर्माणको लागि रातभरी पानी ओसार्ने गरेको उपभोक्ताको भनाई छ ।

 

रामपुर गाविसमा ओखरबोटे खोला भन्दा अन्त कतै पाइन नै पाइँदैन । वर्षौदेखि रामपुरबासी त्यही खोलाबाट पानी बोकेर प्राण धन्दै आएका छन् । एक गाग्रो पानी भर्नको लागि तीन घण्टादेखि ६ घण्टासम्म लाइनमा बस्नुपर्ने उनीहरुको गुनासो छ । बिहान पानी भर्ने पालो आउँनको लागि राति १२ बजेदेखिनै खोलामा जानुपर्ने उपभोक्ताको दुःखेसो छ । बुद्ध उमेरका र हिड्न नसक्नेहरु त बिहानको पानीको पालो कुर्नलाई बेलुकै खोलामा गएर बास बस्ने गरेको स्थानीयको भनाई छ ।

 

खोलामा पनि पानी पर्याप्त नभएकाले उपभोक्ताले आफ्नो पालोअनुसार पानी थाप्नुपर्ने नियम बनाएका छन् । राति गएर रातिनै पानी लिएर आउँछु भन्दा पाउँदैन त्यहाँ स्थानीयले । खानेपानीको लागि नै दिन विताउनु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । अहिले नेपाल रेडक्रस सोसाइटीले खानेपानीको योजना ल्याएपछि खानेपानीको सुविधा पाउँने हर्षमा उपभोक्ता उत्साहित भएर निर्माण कार्यमा लगेका छन् । सधैको लागि खानेपानीको सुविधान पान्छ भन्ने आसामा आपूmहरुले रातदिनै काम गरिरहेको स्थानीयको भनाई छ । 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);