सरकारी उदासिनताले निर्माणमा ढिलाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारी उदासिनताले निर्माणमा ढिलाइ

१० माघ, काठमाडौं । यतिबेला कोटेश्वरदेखि कलंकीसम्मको आठ लेनको सडक निर्माण लगभग अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, ठेकेदार कम्पनीको लापरवाही र सरकारवाला निकायको उदाशीनताका कारण तोकिएको मितिसम्म आधा पनि काम नहुने देखिएको छ ।

सरकारी उदासिनताले निर्माणमा ढिलाइ

नम्रता भट्टराई

१० माघ, काठमाडौं । यतिबेला कोटेश्वरदेखि कलंकीसम्मको आठ लेनको सडक निर्माण लगभग अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, ठेकेदार कम्पनीको लापरवाही र सरकारवाला निकायको उदाशीनताका कारण तोकिएको मितिसम्म आधा पनि काम नहुने देखिएको छ । निर्माणमा ढिलाई गर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो पटक–पटक म्याद थपिदिने सरकारी प्रवृत्तिका कारण सडक निर्माणले गति लिन सकेको छैन ।

काठमाडौंको कोटेश्वरदेखि कलंकी सम्मको चक्रपथ बिस्तार यतीबेला अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, ८ लेनमा निर्माण थालिएको ११ किलोमिटरको उक्त खण्ड सन् २०१८ को जुलाइसम्म पनि नसकिने देखिएको छ । ठेकेदार कम्पनीले यहि वर्षको जुलाई सम्ममा निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने पत्रमा सहि छाप ठोकेको थियो ।

तर, सरकारको फितलो नीतिका फाइदा उठाउँदै विभिन्न बाहनावाजी देखाएकाले सडक निर्माण कार्य आधा पनि सकिएको छैन । सन् २०१३ मा सडक बिस्तार कार्य शूरु हुँदा चालिस महिनासम्ममा पुर्ण रुपमा निर्माण गरिसक्ने गरी काम अगाडी बढाइएको थियो । तर भूकम्प र भारतीय नाकाबन्दीका कारण निर्माण कार्यमा ढिलाई भएको भन्दै काठमाण्डौ चक्रपथ सुधार योजना पन्छिने गरेको छ । सडक बिस्तारको कार्य थालनी गर्दा २०१७ जुलाईसम्म सकिने लक्ष्य राखिएको थियो ।

तर २०१८ जुलाईसम्ममा पनि आयोजना सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ । कुनै पनि त्यस्ता बिपत्ती आईनलागे पहिलो फेजको निर्माणका काम आउदो बर्षा सम्ममा सकिने आयोजनाको दाबी छ । निर्माण कार्यमा ढिलाई हुँदा स्थानीय भने सवारी आवागमनको समस्या र धुलो धुँवा सहन बाध्य छन् । तर, राम्रो सडक निर्माण हुने भएपछि उनीहरु उत्साहित देखिन्छन् ।

कंलकीमा निर्माणाधिन अन्डरपास सडकका कारण धुलो धुवाँ र आवागमनमा ढिलाई भएकोमा सर्वसाधारण आक्रोशीत पनि भएका छन् । विकासको गति तिव्र नहुनु मुख्य कारण भएको उनीहरुको गुनासो छ । अत्याधुनिक सडकको निर्माण र व्यवस्थापन गर्ने कुरा सबैका लागि खुशिको कुरा हो । तर सडकमा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न निर्माण कार्यहरु भैरहेका स्थानमा वैकल्पिक व्यवस्थापन गर्न आवश्यक छ, त्यसो त सडक निर्माणका कारण उत्पन्न हुने धुलो धुवाँले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने तर्फ सरोकारवाला सबै सचेत हुन जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);