बिजुलीको तार तानेको ४ वर्ष पुग्दा पनि अन्धकार मै बस्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बिजुलीको तार तानेको ४ वर्ष पुग्दा पनि अन्धकार मै बस्न बाध्य

विमल जैरु
डडेल्धुरा, ८ चैत । विश्व सञ्चारको युगमा चलिरहेको छ । मानिसहरु संसारलाई घरमै बसी हेरी रहेकाछन् । तर डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ स्थित चामा गाउँमा बिजुलीको तार तानेको ४ वर्ष पुगी सक्दा पनि अहिले सम्म अन्धकार मै बस्न बाध्य छन् ।

संघीयता आए पश्चात् सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा सुनेका स्थानीय, जनप्रतिनिधि भएर गएकाहरुको पनि पुरानै पारा भएकोमा दुःखी छन् । विद्युत नहुँदा मोबाईल चार्जको लागि पनि अर्को गाँउमा जानु पर्छ भने कुटानी, पिसानी व्यापार व्यावसाय सञ्चालनमा समेत कठिनाई भोगी रहेका छन् ।

बिद्युत नहुदाँ स्थानीयलाई मात्र हैन, स्वास्थ्य संस्थामा खोप भण्डारण गर्न तथा बिद्यालयमा कम्पुटर कक्षा सञ्चालनमा समेत समस्या रहेको छ ।

गाउँपालिकाले बिद्युत विस्तारको लागि १ करोड भन्दा बढी रकम विनियोजन गरेको बताएको छ । ठेकेदार र स्थानीयबीच विवाद भएका कारण बिद्युत लाइन विस्तार हुन नसकेको वडाध्यक्ष धनबहादुर साउद बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);